बिहीबार, वैशाख ३, २०८३

शाको प्रतिबन्धले जोफ्राका चार वर्ष पुराना ट्वीटको चर्चा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेटर पृथ्वी शालाई डोपिङको आरोपमा ८ महिनाको प्रबन्ध लगाएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले मंगलबार शालाई आठ महिनाको प्रतिबन्ध लगाएसँग इंग्ल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चकरको ट्वीटले चर्चा पाएको छ । 

अचम्मको विषय यो छ की जोफ्राको चार वर्ष पुरानो ट्वीटले पुनः चर्चा पाएको छ । उनले सन् २०१५ मा ट्वीट गरेका थिए । उक्त ट्वीटमा जोफ्राले ‘अनलक्की शा’ लेखेर ट्वीट गरेका थिए । जोफ्राको उक्त ट्वीट देखेर क्रिकेट दुनिया नै चकित भएको छ । 

उनको चार वर्ष पुरानो ट्वीट हाल सही सावित भएको रिपोर्टले उल्लेख गरेको छ । कसैले उनको ट्वीटलाई लिएर जोफ्रासँग ‘टाइम मसिन’ रहेको बताएका छन् भने कसैले उनलाई भविष्यवाणी गर्ने क्रिकेटरको उपनाम दिएका छन् । 

तर, उक्त चार वर्ष पुरानो ट्वीटको सत्त्यता भने अर्के छ । यसको सत्त्यता के हो भने जोफ्राले उक्त ट्वीट पृथ्वी शाका लागि नभएर इंग्लिस फुटबलर ल्युक शालाई लिएर गरेको बताईएको छ । उक्त समय च्याम्यिन्स लिग दौरानको खेलमा ल्युक शा घाइते भएका थिए । 

उनले चार वर्ष पहिले ल्युक शालाई लिएर गरेको ट्वीटलाई लिएर पृथ्वी शासँग जोड्दै भाइरल बनाइएको हो । जहाँ भारतीय क्रिकेट समर्थकले जोफ्राको ट्वीटलाई लिएर ‘बाबा तपाई मेरो कुन्डी पनि हेर्नु’ खेलेका छन् । 

यसअघि केही दिन अगाढी आयरल्यान्डसँगको टेस्ट खेलमा इंग्ल्यान्ड सस्तैमा समेटिदा पनि जोफ्राको चार वर्ष पुरानो ट्वीट चर्चामा आएको थियो । यसअघि इंग्ल्यान्डले विश्वकप जितेपछि पनि जोफ्राको चार वर्ष पुरानो ट्वीट चर्चाका आएको थियो । 

उनले ५ जुलाई २०१५ मा सुपर ओभर लेख्दै ट्वीट गरेका थिए । त्यसपछि ६ बलमा १६ रनको कुरा गरेका थिए । त्यसपछि न्युजिल्यान्ड कसरी हार्यो? सुपर ओभर टाई भएपछि बाउन्ड्री काउन्टको नियमको बकवास बताएका थिए । यी सब ट्वीट जोफ्राले चार वर्ष अगाडी गरेका थिए । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।