बिहीबार, वैशाख ३, २०८३

लिभरपुलको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस पिमियर लिग क्लब लिभरपुलले फ्रान्सेली क्लब लियोनमाथी सज जित निकालेको छ । बुधबार राती भएको मैत्रिपूुर्ण खेलमा लिभरपुलले लियोनलाई ३-१ गोलले पराजति गरेको हो । 

प्रि-सिजनको अन्तिम खेलमा जित निकालेको लिभरपुलले सुखद अन्त्य गरेको छ ।  लिभरपुलका लागि रोबर्टो फिर्मिन्नो र ह्यारी विलसनले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । 

लियोनका लागि मेम्फिस डिपेले सुरुवाती अग्रता जोगाउन नसक्दा लियोन लिभरपुलसँग ३-१ ले पराजित भएको हो । खेलको चौथो मिनेटमा नै मेम्फिसले पेनाल्टीमा गोल गर्दै लियोनलाई अग्रता दिलाए । १७ औ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

२१ औं मिनेटमा जोचिम एन्डरसनले आत्मघाति गोल उपहार दिए पछि लिभरपुल २-१ ले अघि बढ्यो । तयसपछि दोस्रो हाफमा ह्यारीले थप एक गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए । 

उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । अब लिभरपुले अगस्ट ४ तारिख लिग च्याम्पियन म्यानचेष्टर सिटीसँग कम्युनिटी शिल्डमा भिड्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।