बिहीबार, वैशाख ३, २०८३

बेन्जिमाको ह्याट्रिकमा रियल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस क्बल रियल मड्रिडले फेनरवाचीलाई पराजित गर्दै औडी कपमा तेस्रो भएको छ । बुधबार भएको खेलमा फेनरवाचीलाई ५-३ गोलले पराजित गर्दा कारिम बेन्जिमाले ह्याट्रिक गरेका थिए । 

रियलको जितका लागि कारीम बेन्जिमाले तीन, नाचो र मारियानोले एक एक गोल गरे । फेनरवाचीका लागि ग्यारी रोड्रिग्युज, लाबिल डिरार र ओजन तुफानले एक एक गोल गरे । 

खेलका सुरुवाती अग्रता भने फेनरवाचीले लिएको थियो । अग्रता जोगाउन नसक्दा फेनरवाची रियलसँग ५-३ ले पराजित हुन पुग्यो । खेलको छैटौ मिनेटमा ग्यारीले गोल गर्दै फेनरवाचीले अग्रता लिएको थियो । 

त्यसको ६ मिनेट नबित्दै बेन्जिमाले गोल गर्दै खेल बराबरीमा ल्याए । २७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ३४ औं मिनेटमा फेनरवाचीका लागि नबिलले गोल गर्दै खेल पुनः २-२ को बरारबीमा ल्याए । 

पहिलो हाफमा २-२ को बराबरी भएको खेलमा रियलले थप तीन गोल गर्दा फेनरवाची एक गोल मात्र गर्न सक्यो। ५३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै ह्याट्रिक पुरा गरे । ५९ औं मिनेटमा ओजान तुफानले ३-३ को स्थितीमा ल्याए पनि ६२ औं मिनेटमा नाचो र ७९ औं मिनेटमा मारियानोले गोल गर्दै रियललाई ५-३ को जित दिलाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।