बिहीबार, वैशाख ३, २०८३

बार्यनलाई हराउदै टोटनहाम च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस क्लब टोटनहामले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको छ । बुधबार राति भएको खेलमा बार्यनलाई सडनडेथमा पराजित गर्दै टोटेनहाम औडी कपको च्यामिपयन बनेको हो । 

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पनि दुबै टोलीले ४-४ गोल गरेपछि सडनडेथमा टोटनमाहले बार्यनलाई ६-५ ले पराजित गरेको हो । 

पहिलो सडनडेथमा दुबै टोली गोल गर्दा ५-५ को बराबरी भएको थियो । दोस्रो सडनडेथमा टोटनहामका लागि ाजाफेट ताङ्गाङ्गाले गोल गर्दा बार्यनका लागि जेरोमी बोअटेङ चुकेका थिए । 

यसअघि खेलमा सुरुवाती अग्रता भने टोटनहामले नै लिएको थियो । खेलको १९ औं मिनेटमा ईरिक लामेलाको गर्दै टोटेनहामले अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको टोटनहामले दोस्रो हाफमा थप एक गोल गर्दै अग्रता दोब्बर पारेको थियो । 

खेलको ५९ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । तर, टोटनहामले अग्रता जनोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

६१ औं मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउए । ८१ औं मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।