बिहीबार, वैशाख ३, २०८३

फिफाको वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- फिफाले वर्ष २०१९ उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । १६ जुलाई २०१८ देखि १९ जुलाई २०१९ सम्म को प्रदर्शनका आधारमा फिफाले १० प्रशिक्षको मनोनयन सार्वजनिक गरीएको हो । 

बर्षका उत्कृष्ट प्रशिक्षको मनोनयमा लिभरपुललाई च्याम्पियन्स लिग जिताएका जर्गन क्लोप, पोर्चुगललाई युइएफए नेशन्स लिग जिताएका फेर्नान्डो सान्तोस, टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका माउरीसीयो पोचेट्टीनो, ब्राजिललाई कोपा अमेरिकाको उपाधि जिताएका टिटे र कोपा अमेरिकाको फाइनलसम्म पेरुलाई पुर्याएका कोच रिकार्डो ग्रसिया मनोनयमा परेका छन् । 

त्यस्तै म्यानचेस्टर सिटीलाई प्रिमियर लिग जिताएका कोच पप गुआर्डीओला, अयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका अजाह, अल्जेरियालाई अफ्रिकी कप जिताएका डिजामेल बेलमाडी, फ्रान्सलाई गतबर्ष विश्वकप जिताएका कोच डिडियर डेसचाम्प्स, रिभरप्लेटका प्रशिक्षक मार्सेलो गलार्डो र नेदरल्याण्डसको घरेलु लिग जिताएका एरिक टेन हग मनोनयनमा परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।