बुधबार, साउन २७, २०८३

‘रोनाल्डोलाई रियलमा सधै सम्झिरहने छु’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस महारथी क्लब रियल मड्रिडमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सधै सम्झिरहने बताएका छन् । उनले रोनाल्डोलाई आफ्नो पूर्व खेलाडी र विश्वको उत्कृष्ट गरी दुई आधारमा सधै सम्झिरहने बताएका हुन् । 

‘म उनलाई सधै सम्झिरहने छु । किनकी म रोनाल्डोको फ्यान हु र उनी विश्वकै उत्कृष्ट खेलाडी पनि हुन् ।’ मार्साले प्रदान गरेको ‘लेजेन्ड्री लाइफटाइम अचिभमेन्ट अवार्ड’ समारोहमा पेरेजले भने, ‘उनी एक महान खेलाडी हुन् र म उनीसँग मेरो सम्बन्ध राम्रो छ । तर, रियल, बार्सिलोना र युभेन्ट्समा उनको बारेमा धेरै आलोचना भए । जुन प्रेसले गरेको थियो ।’ 

उनले थपे, ‘रोनाल्डोले युभेन्ट्सलाई लगातार आठौं सिरी ए उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेले । जहाँ उनले एक खेलाडीको रुपमा आफुलाई मजबुद गर्नका लागि रियल छोडेका हुन् ।’ 

६ वर्ष प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडमा बिताएका रानाल्डाले पनि युनाइटेड भन्दा रियललाई बढी सम्झिने बताएका छन् । ‘म रियललाई युनाइटेड भन्दा बढी सम्झिन्छु । किनकी यो मेरो जीवनको परिस्थितीसँग गाँसिएको विषय छ । जहाँ मेरा बच्चा जन्मे र हुर्के ।’

रियलमा नौ वर्ष बिताएका रोनाल्डो गत सिजन १०० मिलियन युरोमा इटालीयन सिरी ए च्याम्पियन युभेन्ट्स पुगेका थिए । उनले रियलमा रहँदा दुई ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जितेका थिए । 

गत सिजन पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डो विनाको रियलले निराशाजनक आफ्नो सिजनको अन्त्य गर्यो । च्याम्पियन्स लिगमा शीर्ष १६ मा आयाक्ससँग पराजित भएको रियल ला लिगामा च्याम्पियन बार्सिलोना भन्दा १९ अंकले पछि परेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।