बिहीबार, वैशाख ३, २०८३

कसरी भए सेनामा जागिरे धोनी र कोट्रेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी यतिबेला प्यारासुट रेजिमेन्टसँग बेङ्लोरस्थित हेडक्वाटरमा तालिममा छन् । विश्वकप २०१९ पछि सेनामा समय बिताउन र तालिममा सहभागी हुन उनले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) बाट दुई महिना बिदा लिएका हुन् । 

तालिममा रहेकै कारण पूर्व कप्तान धोनी वेस्टइन्डिज टुरमा रहेको भारतीय क्रिकेट टोलीमा सामेल छैनन् । भारतीय सेनाका अनुसार धोनीले ३१ जुलाईदेखि १५ अगस्टसम्म प्यारा बटालियनसँग कस्मिरमा पेट्रोलिङ र पोस्ट गार्ड ड्युटी गर्नेछन् । 

धोनीको देशभक्ति देखेर वेस्टइन्डिजका तीव्र गतिका बलर सोल्डन कोट्रेलले प्रशंसा गरेका छन् । कोट्रेल पनि जमाइकाका डिफेन्स फोर्सका सिपाही हुन् । धोनीलाई क्रिकेटमा उनको उपलब्धिका कारण २०११ मा प्रादेशिक सेनामा मानार्थ लेफ्टिनेन्ट कर्नेलको पद दिएको थियो । 

उनी भारतीय सेनाबाट यो सम्मान पाउने दोस्रा खेलाडी हुन् । यसअघि पूर्व कप्तान कपिल देवले भारतीय सेनाबाट उक्त सम्मान पाएका थिए । २०११ मा प्रादेशिक सेनाले मानार्थ लेफ्टिनेन्ट कर्नेलको सम्मान दिँदा धोनीले आफू सेनामा आधिकारी बन्न चाहेको तर, भाग्यले क्रिकेटर बनाएको उनले बताएका थिए । 

धोनीले अगस्ट २०१५ मै प्यारासुटर बनिसकेका थिए । आग्राको प्यारासुट ट्रेनिङ स्कुल (पिटिएस) मा भारतीय वायु सेनाको एएन-३२ विमानबाट पाँचौ छलाङ पूरा गर्दै उनले प्रतिष्ठित प्यारा विंग्स प्रतीक चिह्न लगएका थिए । 

त्यतिबेला धोनीले १ हजार २५० फिट उचाइबाट छलाङ लगाएका थिए । जहाँ उनी एक मिनेट भन्दा पनि कम समयै सफलतापूर्वक अवतरण गरेका थिए ।

कोट्रेल पनि सेना

क्रिकेट मैदानमा कोट्रेललाई सेनाजस्तै देखिन्छ । जव उनी तीव्र गतिमा बलिङ गर्दै विकेट लिन्छन् तब उनको सेलिब्रेसन नै सेनाको सेल्युट हुन्छ । उनले आफ्नो सेलिब्रेसनका बारेमा बताउँदै भनेका थिए, ‘म पेसामा फौजी हुन् ।’ 

२९ वर्षीय कोट्रेलले वेस्टइन्डिजका लागि सन् २०१५ बाट डेब्यु गरेका थिए । कोट्रेलले भने, ‘जब मलाई विकेट मिल्छ तब म सलामी दिन्छु । मैले आर्मीको ट्रेनिङ गर्ने क्रममा ६ महिना मार्चपास र सलामीको अभ्यास गरेको थिए ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।