बिहीबार, वैशाख ३, २०८३

युनाइटेडको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- म्यानचेष्टर युनाईटेडले प्रि-सिजन अन्तर्गत क्लब मैत्रिपूर्ण खेलमा क्रिस्टियनसन्डसँग संघर्षपूर्ण जित निकालेको छ । मंगलबार राती भएको खेलमा क्रिस्टियनसन्डलाई १-० गोलले पराजति गर्दै संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ बराबरी भएको खेलको दोस्रो हाफमा गोल गर्दै युनाइटेडले जित निकाल्यो । युनाइटेडका लागि खेलको एकमात्र निर्णायक गोल जुवान माटाले गरे । उनले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।  

पाउल पोग्बाले उपलब्ध गराएको पासलाई लिने क्रममा माटालाई डिबक्सभित्र फल गरिएको थियो । प्राप्त पेनाल्टीमा उनले गोल गरे । तर पोग्बा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर प्रभाव देखाउन सफल रहे । उनी सिजनको पहिलो खेलमा चेल्सीविरुद्व सुरुवातमै रहेर मैदानमा देखिनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।