काठमाडौं- यू-१५ पुरुष साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालल र भारत भिड्ने भएका छन् । आगामी अगष्टमा भारतमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली भारत र नेपाल भिड्न लागेका हुन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल अगष्ट २१ मा खेल्ने छ । त्यस्तै दोस्रो खेलमा २३ अगष्टमा श्रलिंका, तेस्रो खेल २७ अगष्टमा बंगलादेश र लिगको अन्तिमले २९ अगष्टमा भुटानसाग खेल्ने छ ।
त्यस्तै लिगका शीर्ष दुई टोलीले फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल ३१ अगष्टमा हहुने छ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच टिमको सहभागीता रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४