बुधबार, साउन २७, २०८३

मोबाइलभन्दा सानो एसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जापानको एक इलेक्ट्रोनिक्स कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो एयर कन्डिसनर (एसी) बनाएको छ।

यो सानो एसी सर्ट र टिर्सटमा सजिलै बोकेर हिँड्न सकिन्छ। कम्पनीले यसको नाम रेओन पाकेट राखेको छ।

यसले मानिसलाई २४ सै घण्टा गर्मीमा चिसो र जाडोमा तातो दिने काम गर्छ।

कम्पनीका अनुसार यसलाई घाँटीको तलपट्टि लगाउन सकिन्छ। यसका लागि भिन्नै ब्याग पनि बनेको छ। यो ब्याग सानो, ठूलो र मध्यम आकारमा उपलब्ध छ।

रेओन एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेको छ जसले छिटो तातो र चिसो गराउँछ। यस प्रकारको तत्व गाडी कुलर र बाइनाकुलरमा प्रयोग गर्ने गरिन्छ। यसलाई कम पावरमा पनि चलाउन सकिन्छ।

ए सी मा लिथियम ब्याट्री लगाइएको छ। दुई घण्टाको चार्जले दिनभर प्रयोग गर्न सकिन्छ। तर यसको उत्पादन जापानका लागि मात्र गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।