बुधबार, साउन २७, २०८३

डाइनोसरको साढे ६ फिट लामो हड्डी भेटियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पेरिस – फ्रान्सका वैज्ञानिकहरूले उत्खननका क्रममा विशालकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेका छन्। वैज्ञानिक टोली करिब एक दशकदेखि जीवाश्मको खोजीमा सक्रिय थियो। दुई मिटर (साढे ६ फिट) को यो हड्डी आन्जेक क्षेत्रमा फेला परेको बिबिसीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार साकाहारी यो डाइनोसरको गर्धन लामो थियो भने पुच्छर पनि थियो।

‘सारोपान्ड’ प्रजातिका यो डाइनोसर अहिलेसम्म चलचित्रको पर्दामा पनि नआएको वैज्ञानिकहरूले बताएका छन्। यो प्रजातिको डाइनोसर अहिलेसम्मकै सबैभन्दा विशालकाय जनावार हो।

वैज्ञानिकहरूका अनुसार यति लामो समयसम्म यसको अड्डी कसरी सुरक्षित रह्यो भन्नेमा खोजकर्ताहरू नै आश्चर्यमा परेका छन्।

फ्रान्सको ‘नेसनल हिस्ट्री म्युजियम अफ पेरिस’ का रोनालले भने, ‘हामी डाइनोसरको मांसपेशीमा घाउको खत देख्न सक्छौं। यस्तो कमैमात्र देखिन्छ।’
 
कस्तो थियो यो डाइनोसर ?

एलेनका अनुसार पृथ्वीमा यो डाइनासरको अस्तित्व १४ सय लाख वर्ष पहिले थियो। त्यतिखेर यसको तौल ४० देखि ५० टनसम्म रहेको अनुमान वैज्ञानिकहरूको छ।

फ्रान्सको स्थानीय अखबारका अनुसार २०१० मा पनि सारोपान्ड प्रजातिको २.२ मिटरको हड्डी भेटिएको थियो। त्यसको तौल ५०० केजीको थियो।

यसै साता भेटिएको हड्डीको तौलम पनि त्यति नै हुने अनुमान गरिएको छ। तर यसका लागि अझै एक साता कुर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्।

सेरान्ट इलाकामा ७० वैज्ञानिक खोजअनुसन्धानमा सक्रिय थिए। यहाँ २०१० पछि ४० प्रजातिका ७५०० भन्दा बढी जीवाश्म फेला परेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।