बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काबुलस्थित विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

काबुलस्थित विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बताइएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बताइएको छ। अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौंको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको हो।

National life

अमेरिकाले विमानस्थल बाहिर ठूलो विस्फोट भए पनि हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। बाइडनले यो मिसन सफल पारेर अपराधीहरूलाई खोजेरै छाड्ने वाचा गरेका छन्।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म एक लाख भन्दा बढीलाई अन्यत्रै लगिएको छ।

बिहीबार अफगानी समयअनुसार साँझको झन्डै ६ बज्दा एयरपोर्ट बाहिर विस्फोट भएको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो। उक्त प्रवेशद्वारमा अमेरिकी र ब्रिटिश सेना मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै थिए।

त्यसको केही समयपछि गोली चलेको आवाज आयो र केही मिनेटमै ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन गराइएको थियो।

Laxmi sunrise bank
kumari

हमलाको जिम्मेवारी जिहादी समूहले लिएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू घाइते भएका छन्। बीबीसी

प्रकाशित: Aug 27, 2021| 06:33 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।