बुधबार, साउन २७, २०८३

युवतीको पेटमा डेढ किलो गहना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मानसिक रुपमा विक्षिप्त एक महिलाको पेटबाट ढेड किलो गहना निकालिएको छ।

छिमेकी देश भारतको पश्चिम बंगालस्थित वीरभूम जिल्लाको एक सरकारी अस्पतालमा भर्ना भएकी विरामी महिलाको पेटबाट ठूलो मात्रामा गहना तथा सिक्का चिकित्सकहरुले निकालेका हुन्।

रामपुरहाटका सरकारी मेडिकल कलेज एवम् अस्पतालका सर्जरी विभाग प्रमुख सिद्धार्थ विस्वासले २६ वर्षीया महिलाको पेटबाट ५ रुपैयाँ र १० रुपैयाँका ९० वटा सिक्का, सिक्रि, फुली, झुम्का, चुरा, पायल, हातको बाला तथा घडी निकालिएको बताएका छन्।

डा. विश्वासको टिमले बुधबार गरेको सर्जरीपछि भने, ‘गहनाहरुमा धेरैजसो तामा र पित्तलका थिए। तर केही सुन पनि थियो।

ती विरामी महिलाकी आमाले भने आफ्नो घरबाट गहना चोरिएको भन्ने आफूलाई लागेको र आफूहरुले यसबारे छोरीलाई सोध्दा छोरी रुने गरको प्रतिक्रिया दिएकी छन्।

आमाले भनिन्, ‘मेरी छोरी मानसिक रुपमा अस्वस्थ छिन्, पछिल्ला केही दिनदेखि हरेक पटक खाना खानासाथ बान्ता गर्ने गरेकी थिइन्।’

आमाका अनुसार छोरीले भाईको पसलबाट सिक्का लिने गरेकी थिइन्।

दुई महिनादेखि खाना खानासाथ बान्ता गर्ने र गहनाको कुरा गर्दा रुने गरेपछि नजिकैको एक अस्पतालमा लगिएको र चिकित्सकले राम्रो अस्पतालमा देखाउन भनेपछि आफूहरु सो अस्पतालमा आईपुगेको आमाले बताएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।