बुधबार, साउन २७, २०८३

त्यो ऐतिहासिक जुत्ता, मूल्य ४ करोड ८३ लाख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

प्रसिद्ध कम्पनी नाइकको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता ४ करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। न्युयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने जुत्ता मध्यमा बिक्रि हुने अन्तिम जुत्ता हो।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अनुमान गरिएको थियो।  तर क्यानेडाली माइल्स नाडालले ४ लाख ३७ हजार ५ सय डलरसम्म तिरे र बाँकी ९९ जोर जुत्ता उनले ८ लाख ५० हजार डलरमा किने।

यो डिजाइनको जुत्ता १२ जोर हातले सिलाइएको थियो। सन् १९७२ को ओलम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरुलाई बाँडिएको थियो। 

यो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह–संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए। लिलाममा राखिएको जुत्ता भने कसैले प्रयोग नगरेको एक मात्र जुत्ता मानिन्छ।

लगानी कम्पनीका मालिक नाडाले आफ्नो खरिदबाट धेरै खुशी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको एतिहासिक अंश भएको बताए। 

उनले किनेका सबै जुत्ताहरु टोरन्टोमा रहेको उनको निजी गाडी संग्राहलयमा प्रदर्शनमा राखिने बताएका छन्। यो रकम यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार ३ सय ७३ डलर मानिएको छ। 

त्यही रकममा माइकल जोर्डनले सन् १९८४ को ओलम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षर सहितको कन्र्भस जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।