काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन्। उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलीको लेउ' केही समय अगाडि सार्वजनिक भएको थियो। दर्शकको उल्लेख्य साथ पाएको 'माछीलाई खोलीको लेउ' पछि हरिवंशले अर्को गीत ल्याएका छन्।
'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका छन्।
मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन्। हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन्।
हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश प्राप्त गर्न सकिन्छ। 'ए कालु भेना'ले वैदेशिक रोजगारीभन्दा स्वदेशमै इलम गर्न प्रेरित गरेको छ।
नवराज उप्रेतीले खिचेको भिडियोलाई भूप्रेन्द्र अधिकारीले सम्पादन गरेका छन्। गज्जब टीभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टीभीको अफिसियल युट्युवबाट बिहीबार रिलिज गरिएको हो।