काठमाडौं– पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गरी शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्राधिकरणले जोखिम क्षेत्रका बस्तीहरूको आँकलन गरी सुरक्षित स्थानमा सर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ।