बिहीबार, वैशाख ३, २०८३

विश्व च्याम्पियन इंग्ल्यान्डका १० रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्ड क्रिकेट टोलीले ४४ वर्षे एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक च्याम्पियन बन्यो । यस दोरान इंग्ल्यान्डले ११४ खेलडी समावेश गर्दै र कुल ८३ खेल खेलेको छ । इंग्ल्यान्ड क्रिकेट टिमले चार पटक फाइनल खेल खेल्यो । 

त्यस्तै यस विश्वकपको फाइनल खेल बराबरी भयो । जुन एकदिवसीयमा यो पहिलो पटक हो । अझ आश्चर्य त सुपर ओभरमा पनि पहिलो पटक खेल बराबरी भयो । इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड टिमले विश्वकप विजेता बन्दै आफ्नो लामो समयबाट चल्दै आएको लगभग सबै रेकर्ड तोडेको छ । 

रुटले गूचलाई पछि पारे

इंग्ल्यान्ड क्रिकेट टिमका वर्तमान टेस्ट कप्तान जोए रुटले आइसिसी विश्वकप २०१९ मा ५५६ रन जोडेधका थिए । उनी विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने पाँचौ खेलाडी समेत हुन् । 

तर इंग्ल्यान्डका लागि उनी एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले यसअघि गूचको नाममा रहेको रेकर्डलाई आफ्नो नाममा गरे । गूचले १९८७ को विश्वकपमा ४७१ रन जोडेका थिए ।
 
आर्चरले तोडे बोथमको रेकर्ड

आफ्नो पहिलो विश्वकप खेल्दै युवा तिब्र गतिका बलर जोफ्रा आर्चरले कुल २० विकेट लिए । जोफ्राले लिएका २० विकेट इंग्ल्यान्डका लागि कुनै पनि एक विश्वकपमा लिएको सर्वाधिक विकेट हो । यसअघि यो रेकर्ड इयान बोथमको नामा थियो । उनले १९९२ को विश्वकपमा कुल १६ विकेट लिएका थिए ।

सर्वाधिक शतक

इंग्ल्यान्डका लागि एक विश्वकपमा सर्वाधिक शतक बनाउने रेकर्ड यस विश्वकपमा बनाएको छ । यस विश्वकपमा इंग्ल्यान्ड टिमले कुल ७ शतक बनाएको छ । यसअघि इंग्ल्यान्ड टिमले १९९८३, २००७ र २०१५ को विश्वकपमा समान दुई दुई शतक बनाएको थियो ।

सर्वाधिक छक्को रेकर्ड

घरेलु मैदानमा आयोजना भएको विश्वकप २०१९ मा इंग्ल्यान्डले कुल ७६ छक्का प्रहार गरे । जुन कुनै पनि एक विश्वकपमा कुनै पनि टिमको तर्फबाट सुर्वाधिक छक्का हो । यसअघि इंग्ल्यान्डका लागि एकै विश्वकमा कुल छक्का २२ थियो । जुन २००७ को विश्वकमा प्रहार गरेका थिए । 

मोर्गनको सर्वाधिक छक्का

इंग्ल्यान्ड विश्वकप २०१९ मा कप्तान इयोन मोर्गनले सर्वाधिक २२ छक्का प्रहार गरे । जो इंग्ल्यान्डका लागि कुनै एक ब्याट्सिम्यानले एकै प्रतियागितामा प्रहार गरेको सर्वाधिक छक्का हो । 

अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको रेकर्ड

इंग्ल्यान्डे अफगानिस्तानविरुद्धको खेलमा रेकर्ड बनाएको थियो । उक्त खेलमा इंग्ल्यान्डले २६ छक्का प्रहार गरेको थियो । जुन एकदिवसीयमा कुनै एक टिमविरुद्ध सर्वाधिक छक्का हो ।

सर्वाधिक शतकीय साझेदारी

यस विश्वकपमा इंग्ल्यान्डकातर्फबाट सर्वाधिक शतकीय साझेदारी बनेको थियो । इंग्ल्यान्डका ब्याट्सम्यानले ११ पटक १०० भन्दा बढी रनको शतकीय साझेदारी गरेका थिए । 

जुन एक विश्वकपमा कुनै एक टिमकोतर्फबाट सर्वाधिक शतकीय साझेदारी हो । इंग्ल्यानको आफ्नो यस अघिको रेकर्ड चार शतकीय साझेदारी थियो । जुन् इंग्ल्यान्डले २०११ को विश्वकपमा बनाएको थियो । 

सर्वाधिक ३०० भन्दा बढी स्कोर

यस विश्वकपमा इंग्ल्यानडले ६ पटक ३०० भन्दा बढी रनको स्कोर बनाएको थियो । जो विश्वकपको इतिहासमा कुनै एक टिमको पहिलो रेकर्ड हो । यस अघि अष्ट्रेलियाले २००७ को विश्वकपमा पाँच पटक ३०० भन्दा बढी रन बनाएको थियो । 

सर्वाधिक क्याच

इंग्ल्यान्डले यस विश्वकपमा सर्वाधिक क्याच लिने खेलाडीको रेकर्ड आफ्नो नाममा गरेको छ । यस रेकर्डमा सर्वाधिक क्याच रुटको नाममा छ । उनले १३ क्याच लिएका छन् । 

यसअघि यो रेकर्ड अष्ट्रेलियाका दिग्गज कप्तान रिक्की पोन्टीङको नाममा थियो । उनले २००३ को विश्वकमा सर्वाधिक ११ क्याच लिन सफल भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।