बिहीबार, वैशाख ३, २०८३

सदस्यसचिवलाई खेलाडी संघको ध्यानाकर्षण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले राष्ट्रिय खेलकुद परिसद (राखेप)का नव नियुक्त सदस्य सचिव रमेश सिलवाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

एनएनआइपिएले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सदस्य सचिव सिलवाललाई १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो । दक्षिण एसियाली खेलकुद (साग)मा रजत र कास्य पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिन माग गर्दै एनएनआइपिएले ध्यानाकर्षण पत्र बुझाएको छ । 

अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन गेम्सका पदकधारी र ओलम्पियनलाई प्रोत्साहन स्वरूप दिदै आएको आजीवन भत्तालाई निरन्तरता दिदै सागका रजत र कास्य पदकधारीलाई पनि भत्ता उपलब्ध गराउन माग गरिएको छ ।

सरकारले सागमा ३ भन्दा बढी स्वर्ण जिते खेलाडीलाई मात्र नगदसहित सम्मान गरिदै आएको र ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानित गराउन समेत माग गरिएको छ । 

यस्तै संघले राष्ट्रिय खेलकुदका स्वर्ण विजेता खेलाडीले धेरै पछि मात्र नगद पुरस्कार पाउने गरेको बताउदै मेडलसँगै नगद पुरस्कार उपलब्ध गराउन समेत माग गरेको छ । 

नेपालमा आयोजना हुने १३ औं साग ४ महिना बाँकी रहदा पनि खेलाडीले उच्च स्तरको प्रशिक्षण नपाएको र खेलाडीको क्षमता अभिवृद्धि गर्ने काम कछुवा गतिमा भईरहेकोमा विषयमा गम्भीरता पुर्वक ध्यान दिनु पर्ने समेत संघले माग गरेको छ । 

खेलाडी संघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सदस्यसचिव सिलवालले मागबारे आफु पहिले नै जानकार रहेको र विस्तृत योजना बनाएर माग सम्बोधन गर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।