सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘फेस एप’बाट बुढ्यौलीको रहर, तर कति सुरक्षित ?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
Metro Mart
vianet
काठमाडौं- सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा इन्स्टाग्राममा अहिले ‘बुढो अनुहार’ देखाउनेको ट्रेण्ड चलेको छ।

नेपालमा मात्र होइन विश्वभरका सेलिब्रेटीहरुसमेत आफूलाई बुढोमा कस्तो देखिँदो रहेछ भनेर एउटा एप प्रयोग गर्दै त्यस्ता तस्बिरहरु शेयर गरिरहेका छन्।

गुगलको प्ले स्टोर र आइफोनको एप स्टोरबाट डाउनलोड गर्न सकिने ‘फेस एप’ नामक फोटो एडिटर एपबाट आफ्नो बुढेसकालको अनुहार अहिले नै हेर्ने र देखाउने होड निकै चलेको देखिएको छ।

के हो फेस एप ?

‘फेस एप’ एउटा फोटो एडिटर एप हो। जसले आर्टिफिशियल इन्टेलिजेन्समार्फत् प्रयोगकर्ताले राखेको तस्बिरलाई उमेरअनुसार फेसको रुप बदलिदिन्छ। खासगरी अहिले युवाहरुले आफूलाई बुढेसकालमा कस्तो देखाउँछ भनेर यो एप प्रयोग गरेको देखिन्छ। रमाइलोका लागि यो एप बढी प्रयोग भएको छ।

पछिल्ला केही दिनयता देखिएको ट्रेण्डमा आफ्नो अनुहार बुढेसकालमा कस्तो देखिन्छ भन्नेबारे बढी ‘चेक’ गरिएको छ। यो एपमा भने विगतमा कस्तो थियो, अहिले कस्तो छ र भविष्यमा कस्तो हुने छ भन्ने फिचरहरु राखिएको छ।

२ वर्षपछि चर्चित

फेस एप सन् २०१७ मै लञ्च भएर गुगल स्टोरमा राखिएको थियो। त्यतिबेला ‘सेलिब्रेटी’ हरुले प्रयोग नगरेपछि चर्चा कमै भएको थियो। यसपटक भने केही सेलिब्रेटीहरुले यो एप अचानक प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप स्टोरबाट धेरै डाउनलोड भएको छ।

सुरक्षाको सबाल

फेस एपसँगै यसको प्राइभेसीलाई लिएर प्रश्नसमेत उठन थालेको छ। कयौं प्रयोगकर्ताहरुले यो एपले डाटा चोरिरहेको आशंका गरेका छन्। इन्टरनेटसम्बन्धी विज्ञहरुले उक्त एपले ग्यालरीमा भएका अन्य तस्बिरहरुलाई पनि आफ्नो ‘एक्सिस’ तानिरहेको भन्दै प्रयोग गर्दा ध्यान दिन जरुरी रहेको सुझाव दिएका छन्।

फेस एपका लागि यहाँ क्लिक गर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...