बुधबार, साउन २७, २०८३

भेटिए सबैभन्दा ठूलो प्रजातिका 'जेल्ली फिस'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – जेल्ली फिसको एक यस्तो प्राणीमा पर्छ, जसलाई सानो र सुन्दर प्राणी मानिन्छ। तर, इंग्ल्याण्डको कोर्निस कोस्टमा मानिस जत्रै आकारको ठूलो जेल्ली फिस भेटिएको छ। 

उक्त जेल्ली फिसको वजन करिब ४५ केजी रहेको छ। औसतमा यसको चौडाइ करिब ९० सेन्टीमिटर हुने गर्छ। 

टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा जीव संरक्षणकर्तासमेत रहेका लिजीले ‘वाइल्ड ओशियन विक’ अन्तरगतको कार्यक्रम तयारीका लागि कोर्निस समुन्द्रमा पुगे। उनले त्यहा उक्त जेल्ली फिस फेला पारे र त्यसको फोटो तथा भिडियो लिने तयारीको लागि मात्रै उनलाई दुई घण्टा लागेको थियो। 

जीव विज्ञका अनुसार, उक्त जेल्ली फिस बैरल प्रजातिका हुन्। बैरल जेल्ली फिसका प्रजातिमध्ये सबैभन्दा ठूला हुन्। यो जेल्ली फिस प्रायः बेलायतका समुन्द्रमा पाइन्छन्।

यस जेल्ली फिसको टेन्टाकल्स केही कमजोर हुने कारण मानिसलाई भने खासै प्रभाव पार्न सक्दैन। १५ वर्ष यता कार्नेवेलमा बैरलको संख्या बढेको विज्ञ बताउँछन्।

भिडियोमा हेर्नुहोस्, सबैभन्दा ठुलो जेल्ली फिसका प्रजाति
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।