शुक्रबार, भदौ ५, २०८३

भूपि शेरचनको कविता स्मरण गर्दै के भने ओलीले?

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पक्ष आफ्ना प्रतिवद्धता भुलेर चोइटिएको बताएका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पक्ष आफ्ना प्रतिवद्धता भुलेर चोइटिएको बताएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘हिजोसम्म हामीसँग रहेका व्यक्तिहरू आन्दोलनको बाटो र आन्दोलन हाँक्ने अभिभारा तथा निर्वाचनका जिम्मेवारी भुलेर चोइटिनु भएको छ। त्यो सैद्धान्तिक मदभेद भएर होइन। केहीका स्वास्र्थका कारणले यस्तो गरिएको हो।’

उनले केहीको स्वार्थकै कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार ढालेको बताए। उनले नेपालसँग गएका केही नेता सेन्टिमेन्टको कारण मात्रै जोडिएको बताएका छन्।

नेपालले नयाँ पार्टी दर्ता गरेर प्राप्त उपलब्धिलाई नोक्सान पार्ने काम गरेको ओलीले बताए। उनले भूपि शेरचनको दीपशिखा कविताको स्मरण गर्दै आज आफूहरूको भूमिका फेरिएको बताए।

माधवकुमार नेपाललाई लखटेर नयाँ पार्टी गठन गर्न बाध्य नबनाएको ओलीले बताए। विगतमा सरकारमा भएको बेला देशलाई सही बाटोतिर अगाडि बढाएको दाबी ओलीले गरे। तर, केही मानिसहरुको गैरजिम्मेवार प्रवृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडलो मच्चाउने काम भएको उनको भनाइ थियो। ‘यसले गर्दा आन्दोलनमा गम्भीर संकट पैदा भयो। पार्टी विभाजन भयो। केन्द्र र विभिन्न प्रदेशका सरकार ढालियो,’ उनले भने।

उनले पार्टीमा उत्पन्न ‘जिकज्याक’पछि केन्द्रीय कमिटीका थुप्रै सदस्यहरु बैठकमा सहभागी भएको बताए। भने, ‘हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधको अभिभारा पूरा गर्न र चुनौतीहरुको सामना गर्न र आगामी विजय यात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं,’ उनले भने।


प्रकाशित: Aug 26, 2021| 12:55 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...