शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको दिउँसो २ बजे पत्रकार सम्मेलन

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको दिउँसो २ बजे पत्रकार सम्मेलन

निर्वाचन आयोगबाट बुधबार दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार पत्रकार सम्मेलन गर्ने भएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– निर्वाचन आयोगबाट बुधबार दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार पत्रकार सम्मेलन गर्ने भएको छ।

दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनरमा नेकपा (एकीकृत समाजवादी)ले पत्रकार सम्मेलन गर्ने जनाएको छ। नेकपा (एमाले) विभाजित भएर बनेको पार्टीका अध्यक्ष माधवकुमार नेपाल हुन्। 

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधव नेपालसहित केन्द्रीय नेताहरूको उपस्थिति रहने बताइएको छ। 

यस्तै निर्वाचन आयोगले पार्टीलाई प्रमाणपत्र दिएसँगै नेकपा (एकीकृत समाजवादी)ले पार्टी मुख्यालयका लागि नयाँ बानेश्वरमा घर खोजिरहेको छ।

प्रकाशित: Aug 26, 2021| 12:33 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...