जाजरकोट- जाजरकोटमा अवैध भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको नलगाड नगरपालिका ८ का ३३ वर्षीय वीरबहादुर पुन एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट मैदेबाट गएको प्रहरीको गस्ती टोलीले उनलाई स्थानीय कुशेपानी जंगलमा हतियारसहित फेला पारेको हो। शिकार खेल्ने क्रममा गस्तीमा निस्केको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउपछि जिल्ला सदरमुकाम ल्याइएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए। उनलाई अवैध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने भएको थापाले जानकारी दिए।