शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल नेतृत्वको नवगठित पार्टी कार्यालयका लागि बानेश्वरमा घर खोज्दै

नेपाल नेतृत्वको नवगठित पार्टी कार्यालयका लागि बानेश्वरमा घर खोज्दै

निर्वाचन आयोगबाट बुधबार दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीको मुख्य कार्यालय नयाँ बानेश्वरमा रहने भएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– निर्वाचन आयोगबाट बुधबार दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीको मुख्य कार्यालय नयाँ बानेश्वरमा रहने भएको छ। नेकपा (एमाले) विभाजित भएर बनेको पार्टीका अध्यक्ष माधवकुमार नेपाल हुन्। 

आयोगले दिएको प्रमाणपत्रमा नै पार्टी कार्यालय बानेश्वरमा रहने उल्लेख छ। पार्टीले निर्वाचन आयोगमा बुझाएको विवरणमा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहने भनिए पनि कार्यालय खुलिसकेको भने छैन। कार्यालयका लागि संसद् भवन आसपास घर खोजी भइरहेको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

‘संसद् भवनको आसपासमा एउटा ४–५ रोपनी क्षेत्रफलको घर फेला परेको छ, त्यही घरमा पार्टी कार्यालय स्थापना गर्ने भनेर छलफल चलिरहेको छ, तर अझै कुरो भने टुंगिएको छैन,’ गौतमले भने, ‘त्यही घरलाई हेरेर केन्द्रीय कार्यालय बानेश्वर उल्लेख गरेर आयोगलाई बुझाएका हौं।’ 

एमालेबाट विभाजित भएपछि पार्टीको सम्पत्तिमा स्वामित्व नहुने देखिएपछि नेपाल समूहले अलग्गै पार्टी कार्यालय स्थापना गर्नका लागि घरजग्गा खोजिरहेको हो। यसको जिम्मा सांसद प्रेम आलेलाई दिइएको छ।

प्रकाशित: Aug 26, 2021| 11:00 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...