बुधबार, साउन २७, २०८३

सोलारबाट उड्ने जहाज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – विद्युत र पेट्रालियम उर्जाको अर्को विकल्प बन्न थालेको छ, सौर्य उर्जा । घरमा बालिने बत्तिदेखि खाना पकाउने राइस कुकरजस्ता उपकरण समेत सौर्य उर्जामैत्री छन्।
   
यस्तैमा, सौर्य उर्जाबाट चल्ने हवाईजहाजको लागि रूसले लामो समयदेखि प्रयोग गर्दै आएको छ। यसको निमार्ण करिबकरिब अन्तिम चरणमा पुगेको प्राविधिकले जानकारी दिएका छन्। ‘फ्लाइङ ल्याब’ नाम दिइएको उक्त हवाईजहाजको निर्माण र परीक्षण लेतायुस्चाया ल्याबोरेटरीमा भइरहेको छ । 

हवाईजहाजको ‘विंग्स’ करिब २५ मिटर लम्बाइ रहेको छ। सोलार प्यानलहरू जहाजको विंग्स तथा जिउमा जडान गरिएको छ। जहाज पूर्ण चार्ज हुनको लागि एक हप्ता लाग्ने गर्छ। पूर्ण चार्ज भएमा जहाजले पुरा पृथ्वीको चक्कर लगाउन सक्छ। 

हालसम्म यस जहाजले सत्र सय किलोमिटरको उडान गरेको छ। उक्त विमानले सन् २०२१ सम्ममा विश्व भ्रमण गर्न सक्ने पाइलट फ्योडोर कोनियुकोवले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।