बुधबार, फागुन २७, २०८२

यस्तो छ तालिबान र अफिमको सम्बन्ध

तपाईँले हेलमन्ड प्रान्तबारे सुन्नुभएको होला। यो अफगानिस्तानको सबैभन्दा खतरनाक प्रान्त हो। अफिम उत्पादनको दृष्टिकोणले पनि हेलमन्ड प्रान्त निकै उर्वर छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

अफगानिस्तान कब्जा गरेपछि अहिले फेरि तालिबान चर्चामा छ। यसघि पनि आन्तरिक संघर्षका कारण अफगानिस्तान र तालिबान सधैंजसो चर्चामै रहने गरेका थिए।

National life

अफगानिस्तान अर्को कारणले पनि चर्चामा आउँछ। त्यो हो– अफिम खेती। 

तपाईँले हेलमन्ड प्रान्तबारे सुन्नुभएको होला। यो अफगानिस्तानको सबैभन्दा खतरनाक प्रान्त हो। अफिम उत्पादनको दृष्टिकोणले पनि हेलमन्ड प्रान्त निकै उर्वर छ। 

अधिकांश अफिम हेरोइनको रूपमा प्रशोधन गरिन्छ जुन त्यहाँको ठूलोमध्येको लागूऔषध हो।

तालिबानको दाबी छ– उसले अफगानिस्तानमा आफूले शासन गरेको समयमा अफिमको खेतीमा पूरै प्रतिबन्ध लगाएको थियो, जसका कारण गैरकानुनी ड्रग्सको कारोबार रोकिएको थियो। 

Laxmi sunrise bank
kumari

२०११ मा अफगानिस्तानमा अफिम उत्पादनमा कमी आएको थियो। तर पछि फेरि तालिबान नियन्त्रित इलाकामै अफिमको खेती बढ्यो।

अफिमलाई यसरी परिष्कृत गरिन्छ कि यसमा अत्यधिक नशा दिने हेरोइन जस्तो ड्रग्स तयार हुन्छ।

अवैध लागूऔषध उत्पादनको विषय हेर्ने राष्ट्रसङ्घीय निकाय युनाइटेड नेसन्स अफिस अन ड्रग्स एन्ड क्राइम्स (यूएनओडीसी) का अनुसार अफिमको सबैभन्दा ठूलो उत्पादक देश अफगानिस्तान हो। विश्वभर उत्पादन हुने अफिममध्ये ८० प्रतिशतभन्दा बढी अफगानिस्तानमा हुन्छ। अफगानिस्तानको अर्थव्यवस्थामा अफिमको हिस्सा ११ प्रतिशत छ। 

अफगानिस्तानमाथि नियन्त्रण हासिल गरेपछि तालिबानका प्रवक्ताले भनेका छन्– हाम्रो सरकार हुन्जेल ड्रग्स उत्पादन भएको थिएन। अब फेरि हामी अफिमको खेती शून्यमा झार्छौं। अब कुनै ड्रग्सको तस्करी हुँदैन।’ 

अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिबानकै शासनको समयमा अफिम खेती बढेको छ। १९९८ मा ४१ हजार हेक्टरमा अफिम खेती भएकोमा २००० मा ६४ हजार हेक्टरमा पुगेको थियो। 

विश्वको कुल अफिम उत्पादनको करिब ३९ प्रतिशत हिस्सा हेलमन्द प्रान्तमा हुन्छ। यो प्रान्तको अधिकांश हिस्सा तालिबानको नियन्त्रणमा थियो। 

२००० मा तालिबाने आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अफिम खेतीमा प्रतिबन्ध लगायो। यूएनको रिपोर्टअनुसार तालिबान नियन्त्रित इलाकामा अफिम उत्पादनमा लागेको प्रतिबन्ध सफल भएको थियो। 

अफगानिस्तानमा अफिम खेती नै रोजगारीको मुख्य माध्यम हो।  त्यहाँ करिब १ लाख २० हजार मानिस यसमा आश्रित छन्। 

तालिबानका लागि पनि आम्दानीको मुख्य स्रोत हो। अफिम लगाउने किसानसँग त्यहाँ कर लिइन्छ। अफिमबाट हेरोइन बनाउने ल्याबले पनि कर तिर्नुपर्छ। यसको कारोबारमा पनि कर लाग्छ। तालिबानले ड्रग्स कारोबारबाट वार्षिक ४०० मिलियन डलरसम्म आम्दानी गर्ने तथ्यांक छ।

अफगानिस्तानमा अफिमबाट उत्पादन हुने हेरोइनको उपभोग भने युरोपमा हुन्छ। ९५ प्रतिशत ड्रग्स युरोप निर्यात हुन्छ। अमेरिकामा करिब १ प्रतिशत ड्रग्स जान्छ। 

–बीबीसीबाट


प्रकाशित: Aug 26, 2021| 08:52 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।