बिहीबार, वैशाख ३, २०८३

भारतलाई श्रीलंकाको मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- एन्जेलो म्याथुजको शतकको मद्दतले भारतलाई जितका लागि २ सय ६५ रनको मध्यम लक्ष्य सुम्पको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ६४ रन जोडेको हो ।

खराव सुरुवात गरेको श्रीलंकाका लागि म्याथुजले शतकीय पारी खेले । उनले १२८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ११३ रनको शतकीय पारी खेलेका हुन् । उनले लाहिरु थिरिमानेसँग १२४ रनको साझेदारी गरेका थिए । 

थिरिमानेले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ६८ बलमा ४ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेलेका हुन् । १७ रन पुग्दा पहिलो विकेटको रुपमा दिमुथ करुनारत्नेलाई गुमाएको श्रीलंकाले दोस्रो विकेटको रुपमा ४० रन पुग्दा कुसल परेरालाई गुमाएको थियो । 

करुनारत्ने १८ रनमा पेभिलियन फर्किएका थिए भने परेरा १८ रनमा आउट भए । त्यस्तै अभिशका फेर्नान्डो २० जोड्दा धनन्जय डी सिल्भा २९ रनमा अविजित रहे। भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । हार्दिक पाण्डेय, रबिन्द्र जडेजा, भुवेनेश्व कुमार र कुलदीप यादवले समान एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।