बिहीबार, वैशाख ३, २०८३

मेस्सीको स्थान लिन सक्ने चार अर्जेन्टिनी खलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेन्टिनाका कप्तान लियोन मेस्सी पछिल्लो समय निराश देखीएका छन् । कोपा अमेरिका अन्तरगत सेमिफाइनलमा पराजय भोगेसँगै उनको देशका लागि उपाधि जित्ने सपना अधुरो रहेको छ । 

३२ वर्षीय मेस्सीले २०२२ मा कतारमा हुने विश्वकप खेल्ने या नखेल्ने कुनै निश्चित छैन् । कतार विश्वकपमा उनको उमेर ३४ वर्ष पुग्ने छ । प्रभावशाली खेलाडी भए पनि एक समय मैदानमा उनको उमेरले असर गर्ने नै छ । 

त्यसैले अब अर्जेन्टिनाले विश्वकाम महन खेलाडी विनानै अन्य खेल योजनाको सुरुवात गर्न जरुरि छ । त्यसैले उनको स्थान लिन सक्ने र विकल्पको रुपमा खेलाडी तयार गर्न अर्जेन्टिनालाई जरुरी छ । टोलीमा मेस्सीको स्थान लिन सक्ने चार खेलाडी ।

लौटारो मार्टिनेज
FBL-COPA AMERICA-2019-BRA-ARG
लौटारोले सन् २०१८ बाट अर्जेन्टिनी टोलीमा डेब्यु गरेका थिए । उनी अबको नयाँ पिढीका लागि अर्जेन्टिनी सुपरस्टार खेलाडी बन्नछक्से क्षमता भएका खेलाडी हुन् । किनकी उनले यसै वर्ष अर्जेन्टिनाका लागि ७ खेलमा पाँच गोल गरेका छन् । 

२१ वर्षीय मार्टिनेज यस अघिनै क्लब र देशम लागि उत्कृष्ट प्रदर्शन गरि सकेका छन् । उनले अर्जेन्टिनामा नै रेसिंग क्लबबाट आफ्नो व्यवसाहित फुटबल जीवनको सुरु गरेका थिए । उनले पछिल्लो सिजन इन्टर मिलानमा जानु भन्दा पहिले ६० खेलमा २७ गोल गरेका थिए । 

मिलानमा उनले माउरो इकार्डीको एक विकल्पको रुपमा खेलेका थिए । तर, इकार्डी स्क्वार्डबाट बाहिरिए पछि मार्टिनजले खेल्ने अवसर पाए । मिलानका लागि सबै खाले ३५ खेल खेल्दै ९ गोल गरेर सिजनको अन्त्य गरे । मार्टिनेजले अर्जेन्टिनाका लागि ११ खेलमा ६ गोल गरेका छन् । 

जिओवानी लो सेल्सो
Giovanni Lo Celso
अर्जेन्टिनालाई हाल एक रचनात्मक प्रभावशाली मिडफिल्डरको आवस्यकता पेरको छ । यस अवसरमा जिओवानी लो सेल्सो एक विकल्प हुन सक्छन् । मेस्सीले सन्यास लिए अर्जेन्टिनालाई अवसर सृजना गर्ने सक्ने र गोल गर्न सक्ने खेलाडीको आवस्यक पर्ने छ । 

जुन जिओवानीले पुरा गर्न सकिने अनुमान गरिन्छ । पिएसजीबाट लोनमा रियल बेटीस पुगेको २३ वर्षीय जिओवानीले पछिल्लो सिजन ला लिगाका ३२ खेलमा ९ गोल गरे । 

उनले सबै खाले ४५ खेलमा १६ गोल गरेका थिए । उनले रियलका लागि ६ अवसर सृजना गरेका थिए । जुन ला लिगामा असिस्ट गर्ने १० औं खेलाडी बने ।

पाउलो डिबाला
Paulo Dybala
दुनियाका यस्तो खेलाडी छैनन् । जो मेस्सीसँग मिल्दो जुल्दो अन्दाजमा छन् । तर, पाउलो डिबला प्राय देश र क्लबमा मेस्सीको विकल्पको रुपमा चर्चा गर्न सकिन्छ। उनी युभेन्ट्समा एक खेलाडीमा रुपमा उदाएका छन् । 

उनले युभेन्ट्सका लागि १८२ खेल खेल्दै ७८ गोल गरेका छन् । यससँगै उनले ३१ असिस्ट समेत गरेका छन् । उनले अजेन्टिनाका लागि २२ खेलमा १ गोल मात्र गरे पनि उनी सम्भावना बोकेका खेलाडी भने हुन् । 

माउरो इकार्डी
FBL-ITA-SERIEA-INTER-JUVENTUS
सन् २०१३ १४ को सिजनको सुरवातमा इन्टर मिलानका लागि २१९ खेलमा १२४ गोल गर्दै इकार्डी विश्वका सर्वश्रेष्ठ फर्वाड मध्यका एक बने । तर, उनलाई २०१३ मा अर्जेन्टिना टोलीमा डेब्यु गरेपछि देशका लागि गा्ल गर्न लामै समय कुर्नु पर्यो । 

उनले २०१८ मा एक गोल गरेका छन् । उनले मेक्सीकोविरुद्धको खेलमा एक गोल गरेका थिए । तर, उनी हाल टोलीबाट बाहिर रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।