एजेन्सी- इंग्ल्यान्डका जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत सेमिफाइनल पुग्न नसके पनि सुदख अन्य गरेको पाकितानले बंगलमदेशसँगको खेलमा रेकर्डै रेकर्ड बनाएको छ । पाकिस्तान र बंगलदेशबीचको खेलमा तीन रेकर्ड पाकिस्तानले बनाएको छ भने एक रेकर्ड बंगलादेशले बनाएको छ।
अफ्रीदीको विश्व रेकर्ड

विश्वकपको अन्तिम लिग खेल खेल्दै शाहीन अफ्रीदीले विश्व रेकर्ड बनाए । उनले बंगलादेशसँगको खेलमा ६ विकेट लिएका थिए। यससँगै उनी विश्वकपको इतिहासमा एकै खेलमा ५ भन्दा बढी विकेट लिने पहिलो युवा खेलाडी बनेका छन् ।
अफ्रीदीले १९ वर्ष ९० दिनको उमेरमा यो रेकर्ड बनाए । यसअघि यो रेकर्ड केन्याका पूर्व अलराउण्डर कोलिन्स ओबुयाको नाममा थियो । उनले २१ वर्ष २१२ दिनको उमेरका रेकर्ड बनाएका थिए ।
२७ वर्ष पुरानो रेकर्ड बाबरको नाम

उक्त खेलमा पहिलो रेकर्ड भारतीय कप्तान विराट कोहलीसँग तुलना गरिने बाबर आजामले बनाएका थिए । उनले यस दौरान आफ्ना पूर्व कप्तान जावेद मियान्दादको रेकर्ड ब्रेक गरेका हुन् । उनले जावेदको २७ वर्ष पुरानो रेकर्ड आफनो नाममा गरेका हुन् ।
जावेदले १९९२ को विश्वकपमा ४३७ रन बनाउँदै विश्वकपको एतिहासमा पाकिस्तानका ालगि सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड बनाएका थिए । तर, बाबरले ४७४ रन बनाउँदै उक्त रेकर्ड आफ्नो नाममा गरे ।
बंगलादेशका मुस्ताफिजुर रफ्तार बलर

जिरी विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशका मुस्ताफिजुर रहमानले पाँच विकेट लिए । यससँगै रहमाले एक रेकर्ड बनाटो १०० विकेट पुरा गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।
उनी सबै भन्दा छिटो १०० किवेट पुरा गर्ने पहिलो बंगलादेशी खेलाडी बने । उनले ५४ खेलमा १०० विकेटको आँकडा पुरा गरेका हुन । यसअघि बंगलादेशका स्पिनर अब्दुर रज्जाकको नाममा थियो । रज्जाकले ६९ खेलमा १०० विकेटको आँकडा पुरा गरेका थिए ।
त्यस्तै मशरफे मुर्तजाले ७८ खेल खेल्दै १०० विकेटको आँकडा पुरा गरेका थिए । तर, यस आँकडामा सबै भन्दा छिटो १०० विकेट पुरा गर्ने रेकर्ड अफगानिस्तानका राशिद खानको नाममा छ । उनले ४४ खेलमा १०० विकेट पुरा रगेका थिए ।
इमामको रेकर्ड

लिगको अन्तिम खेलमा सेमिफाइनल पुग्न नसकेपनि पाकिस्तानका इमाम उल हकले शतकीय पारी खेले । जुन शतकले उनले यस विश्वकपलाई यादगार बनाए । उनले १०० बलमा शतक पुरा गर्दै रेकर्ड बनाए ।
यससँगै इमाम विश्वकपमा शतक पुरा गर्ने पाकिस्तानका युवा ब्याट्सम्यान बनेके छन्। उनले यो शतक २३ वर्ष २०५ दिनमा पुरा गरेका छन् । यसअघि पाकिस्तानका लागि यो रेकर्ड २४ वाषको उमेरा शतक प्रहार गर्दै सलीम मलिकको नाममा थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४