बिहीबार, वैशाख ३, २०८३

जितसँगै पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद अन्त्य गरेपनि सकिफाइनलमा भने पुग्न सकेन । लिगको अन्तिम खेलमा चमत्कारी जितको खोजीमा रहेको पाकिस्तानले बंगलादेशलाई ९४ रनले मात्र पराजति गर्न सक्दा प्रतियोगिताबाट बाहिरिएको हो । 

प्रतियोगितामा सेमिफाइनल प्रवेशको अंक गणितिय सम्भावाना राखेको पाकिस्तानले फराकिलो जित ननिकाल्दा न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गर्यो । पाकिस्तान र न्युजिल्यान्डको समान ११-११ अंक भएपनि न्युजिल्यान्ड रनरेटका आधारमा अघिल्लो चरण प्रवेश गरेको हो । 

योसँगै प्रतियोगितामा अष्ट्रेलिया, भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् । पाकिस्तानले दिएको ३१६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र २२१ रन बनायो । 

बंगलादेशका लागि शाकिब अल हशनले ७७ बलमा ६ चौकाको मद्दतमा ६४ रनको अर्धसतकीय पारी खेले । त्यस्तै बंगलादेशका लिटोन दासले ३२ रन जोड्दा मोहम्मद उल्लाहले २९ रन बनाए । 

बलिङतर्फ पाकिस्तानका शाह अफ्रीदीले सर्वाधिक ६ विकेट लिए । त्यस्तै शाहब खानले दुई विकेट लिँदा वहाव रिज र मोहम्मद आमिरले समान एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । पाकिस्तानका लागि इमामले १०० बलमा ७ चौकाको सहयोगमा १०० रन बनाए । यस्तै बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा ९६ रनको योगदान गरे । 

पाकिस्तनका इमाद वशिमले ४३ रन जोड्दा मोहम्मद हाफिजले २७ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहेमानले पाँच, मोहम्मद सैफदुनले तीन विकेट लिँदा मेहेन्दी हशनले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।