बिहीबार, वैशाख ३, २०८३

अविश्वासनिय जितको खोजीमा पाकिस्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले लिगको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दै छ । दुबै टिमको सेमिफाइनल यात्रा लगभग समाप्त भैसकेको छ । पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगलदेशलाई फराकिलो अन्तरले पराजति गर्नु पर्ने छ । जो असम्भव छ । 

इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेसँगै पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको हो । पाकिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्नु पर्ने छ । जहाँ ४०० रन बनाउन्दै बंगलादेशलाई ८४ रनमा अलआउट गर्नु पर्ने छ । 

टस हारे प्रतियोगिताबाट बाहिर

प्रतियोगिताको अंक तालिका हेर्दा समिकरण यस्तो बनेको छ की पाकिस्तानले टस हारे प्रतियोगिताबाटै बाहिरिन सकने छ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्नु पर्ने छ । र बंगलादेशलाई ३१६ रनको अन्तरमा पराजित गर्नु पर्ने छ । यो जितको त्यो अन्तर हो की जुन हालसम्म एकदिवसीय इतिहासमा कुनै पनि टिमले हासिल गर्न सकेको छैन् । 

इंग्ल्यान्डको जित पछि विग्रेको १९९२ को अंक गणित

यस विश्वकपमा पाकिस्तानको हालसम्मको यात्रा सन् १९९२ को विश्वकप जस्तै छ । फरक यत्ति हो की उत्त समय पाकिस्तान नकआउट चरणमा प्रवेश गरेको थियो । तर, यस वर्ष पाकिस्तानको सेमिफाइनल यात्रा कठिन छ । 

भारत र अष्ट्रेलियासँगको पराजित पछि पाकिस्तानले शानदार कमब्याक गर्दै दक्षिण अफ्रीका, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो । जसले सेमिफाइनल यात्रालाई जिवत राखेको थियो । तर, इंग्ल्यान्डको पछिल्ला दुई खेलमा निर्भर रहेको पाकिस्तानका लागि नतिजा पाकिस्तानाके पक्षमा आएन् । 

पाकिस्तानलाई हराउन सक्ने क्षमता छ बंगलादेशमा

बंगलादेशले जारी विश्वकपमा शानदार प्रदर्शन गरेको छ । तर, यो टिम सेमिफाइनलको दौडमा छैन् । बंगलादेशाका लागि शाकिब अल हसन शानदार प्रर्शन गरी रहेका छन् । 

उनले जारी विश्वकपमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी समेत हुन् । बंगलादेश जारी विश्वकपको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताबाट विदा लिन चाहन्छ । र पाकिस्तानलाई पराजति गर्न सक्ने क्षमता राख्दछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।