शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दल दर्ता गर्ने निर्णय गरेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दल दर्ता गर्ने निर्णय गरेको छ। बुधबार दिउँसो दल दर्ताका लागि सनाखत गरेको आयोगले राति दल दर्ता गर्ने निर्णय गरेको हो। 

सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश ल्याएपछि यी दुवै दल दर्ता गर्न सम्भव भएको हो। अध्यादेशमा कुनै पनि दल विभाजन हुनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको सनाखत हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्यले मात्र दल विभाजन गर्न सक्ने प्रावधान राखिएको थियो। 

केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)मा विवाद भएपछि नेता नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो। यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले कारबाही गरेपछि ठाकुर दलविहीन भएका थिए। आयोगले नेपाललाई नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) र ठाकुरलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको प्रमाणपत्र उपलब्ध गराएको छ। 

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) दल दर्ताको प्रमाणपत्र

प्रकाशित: Aug 25, 2021| 21:01 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...