शुक्रबार, भदौ ५, २०८३

भाजपा नेता चौथाइवालेसँग निधिले भने- वचन दिएको खोप देऊ

भेटमा निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सम्बन्धमा भएको सहमति अनुसार अझै भ्याक्सिन नआएको भन्दै तत्काल उपलब्ध गराउनका लागि चौथाइवालेमार्फत् भारत सरकारको ध्यानाकर्षण गराएका थिए।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच एक घण्टा भेटवार्तामा भएको हो।

भेटमा निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सम्बन्धमा भएको सहमति अनुसार अझै भ्याक्सिन नआएको भन्दै तत्काल उपलब्ध गराउनका लागि चौथाइवालेमार्फत् भारत सरकारको ध्यानाकर्षण गराएका थिए।

भेटमा नेपाल-भारत सम्बन्धका विषयमा कुराकानी भएको निधिको सचिवालयले जानकारी दिएको छ। नेपाल-भारत सम्बन्ध अघि बढाउन नेपाली कांग्रेस र भाजपावीचको सम्बन्ध अघि बढाउनु पर्नेमा निधिले चौथाईवालेको ध्यानाकर्षण गराएका थिए।

यसैगरी, संविधानसभामार्फत् जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई भारतले नोटेड मात्र भनेको उल्लेख गर्दै निधिले भारत सरकार र सत्तारुढ भाजपाका तर्फबाट आगामी संविधान दिवसमा संविधानको पक्षमा स्वागत गर्नुपर्नेमा जोड दिएका थिए।

निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा सय करोड विकास अनुदान घोषणा गरेकोमा अहिलेसम्म कार्यान्वयन नभएकोमा चौथाईवालेको ध्यानाकर्षण गराएका थिए। 

जनकपुर-कुर्ता रेल्वे सेवा सञ्चालन गराउनका लागि दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने भन्दै दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रुपमा उद्घाटन गराउनु पर्नेमा कांग्रेस उपसभापति निधिले जोड दिए। 

निधिले उठाएका विषयलाई आफूले सकारात्मक रुपमा लिएको भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले बताएका थिए।

प्रकाशित: Aug 25, 2021| 19:45 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...