एजेन्सी- बंगलादेशका अलराउण्डर शाकिब अह हसनले विश्वकपको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । मंगलबार भारतविरुद्धको खेलमा खेल्दै उनले विश्वकपमा नयाँ कीर्तिमान बनाएका हुन् ।
शाकिबले विश्वकपको इतिहासमा एकै प्रतियोगितामा ५ सय रन भन्दा बढी र १० भन्दा बढी विकेट लिने खेलाडीको कीर्तिमानी बनाएका हुन् । यस भन्दा पहिले यो रेकर्ड न्युजिल्यान्डका स्टार्क स्टायरिसको नाममा थियो ।
उनले २००७ को विश्वकपमा ४९९ रन बनाउन्दै ९ विकेट लिएका थिए । शाकिबले वेस्टइन्डिजविरुद्ध अविजित १२४ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानविरुद्ध २९ रन खर्चदै पाँच विकेट लिएका थिए ।
भारतविरुद्धदको खेलमा ६६ रन जोडेका शाकिबले जारी विश्वकपको ७ खेलमा ५४२ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । जारी विश्वकपमा भारतका ओपनर ब्याट्समयान रोहित शर्मा ५४४ रन सहित पहिलो स्थानमा छन् ।
शाकिबले जारी विश्वकपमा तीन अर्धशतक र दुई शतक बनाएका छन् । त्यस्तै उनले ३४.९ को औसतमा ११ विकेट समेत लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४