मंगलबार, असोज २०, २०८३

बिचौलिया बनेर बिरामीमाथि ठगी, १० जना पक्राउ

बिचौलिया बनेर बिरामी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

विराटनगर- बिचौलिया बनेर बिरामी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्। बिचौलियाको भूमिकामा रहेर ठूला अस्पतालमा उपचारका लागि जाने बिरामीलाई निजी क्लिनिक र फार्मेसी (औषधि पसल)तिर लग्ने काममा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

नोबेल अस्पताल परिसरबाट ७ र कोसी अस्पताल परिसरबाट ३ जनालाई मंगलबार राति नियन्त्रणमा लिइएको उनले जानकारी दिए। 

प्रहरीले विराटनगर महानगरपालिका-७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर-१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का १९ वर्षीय सुजित यादव र विराटनगर–५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर-५ का २२ वर्षीय फिरोज रोय छन्।

यस्तै एपी फार्मेसीबाट विराटनगर–५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का १८ वर्षीय अमित यादव, सुनसरीको दुहवी–६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी–३ का ४२ वर्षीय मोहमद जलिछ र सिहराको सिरहा–२ का २० वर्षीय सूर्यनारायण यादव पनि पक्राउ परेका छन्। 

मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले कमिसनको लोभमा अस्पताल छिर्नै नदिइकन बिचौलियाले बिरामीलाई बीचैमा कब्जा गरेर फार्मेसी र निजी क्लिनिक लैजाने गरेको पाइएको बताए। विराटनगरका ठूला अस्पताल छेउछाउमा यस्ता विकृति धेरै रहेको बताउँदै जिसीले सर्वसाधारणको जीउज्यानमाथि खेलबाड गर्नेहरुलाई कानुनको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। 

पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको छ। बुधबार उनीहरूको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: Aug 25, 2021| 17:50 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।