एजेन्सी- लिभरपुलका स्ट्राइकर साडियो मानेले दुई गोल गरेपछि सेनेगलले केन्यामाथी सहज जित निकालेको छ । सोमबार राति भएको समुहको अन्तिम खेलमा केन्यालाई ३-० गोल सेनेगल शिर्ष १६ मा प्रवेश गरेको छ।
सेनेगल समूह सि को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलेको दोश्रो हाफमा सेनेगलले तीन गोल गर्दै विजयी भएको हो। सेनेगलको जितका लागि मानेले दुई तथा इस्माइला सर्रले एक गोल गरे।
खेलको ६३ औं मिनेटमा इस्माइलाले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यस्तै ७१ औं मिनेटमा मानेले गोल गर्दै अग्रता बोद्दर पारे । त्यसको सात मिनेट नबित्दै मानेले व्यक्तिगत दोश्रो गोल गरे। उनले पेनाल्टीमा गोल गर्दै सेनेगललाई ३-० को जित दिलाएका हुन् ।
अब सेनेगलले ५ जुलाई शिर्ष १६ को खेल युगान्डासंग खेल्ने छ। समुह सीमा अल्जेरिया समुह विजेता बन्दा सेनेगल उपविजेता बनेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४