शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्नुपर्छ : महामन्त्री कोइराला

क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्नुपर्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तत्काल क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तत्काल क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने बताएका छन्। भदौ १८ गते महाधिवेशन सुरु गर्नुपर्ने भएकाले तत्काल क्रियाशीलहरूको सूची सार्वजनिक गर्नुपर्ने महामन्त्री कोइरालाले बताएका हुन्। 

पार्टी कार्यालय सानेपालमा सुरु भएको जिल्ला सभापतिहरूको रिले अनशनलाई सम्बोधन गर्दै डा कोइरालाले भने, 'भदौ १८ गते भनेका छौँ। आजसम्म नामवली आएको छैन। चाँडोभन्दा चाँडो सार्वजनिक गर्नुपर्छ। ७७ जिल्लामा एकैपटक चुनाव गर्नुपर्छ।'

उनले जिल्ला सभापतिहरूको माग जायज भएको समेत बताए। 'जिल्ला सभापतिहरूले जायज माग राख्नु भएको छ। त्यसैले हामी यहाँ आएका हो,' उनले भने। 

प्रकाशित: Aug 25, 2021| 16:26 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...