शुक्रबार, भदौ ५, २०८३

कांग्रेसमा इतिहासकै ठूलो विश्वासको संकट आएको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा इतिहासकै ठूलो विश्वासको संकट आएको बताएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा इतिहासकै ठूलो विश्वासको संकट आएको बताएका छन्। पार्टी कार्यालय सानेपालमा जिल्ला सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन पुगेका नेता पौडेलले यस्तो बताएका हुन्। 

नेपाली कांग्रेसले महाधिवेशन गर्नका लागि सबै सुविधा उपभोग गरिसकेको तर महाधिवेशनलाई पनि पटकपटक सारिएकोप्रति उनको आपत्ति थियो। 'कांग्रेसको इतिहासमा यति ठूलो विश्वासको संकट कहिल्यै आएको थिएन। विश्वासको संकटले पार्टीलाई बलियो बनाउँदैन। पारदर्शी रूपमा क्रियाशील सदस्यता वितरण हुनुपर्छ,' उनले भने। 'जिल्ला सभापतिहरूको निर्वाचन विधान अनुसार हुनुपर्छ। यो विषयमा केन्द्रीय समितिले ध्यान दिनुपर्छ। क्रियाशील सार्वजनिक भएपछि त्रुटि भए सच्चाउनु पर्छ।' 

महाधिवेशन नभएकाले संवैधानिक संकट आएकाले यसलाई टार्नकै लागि पनि भदौ १८ गतेदेखि महाधिवेशन सुरु गर्नैपर्छ। 'यो संवैधानिक संकटबाट बचाउनुपर्छ। हाम्रो पार्टीको संकटलाई निवारण गर्ने तर्फ एक भएर लागौँ,' उनले भने। 

क्रियाशील वितरणमा पञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पनि पाखा लगाइएको प्रति उनले आपत्ति जनाए। 'विधानअनुसार ४ वर्ष कार्यकाल हो। चार वर्ष परार बित्यो। एक वर्ष थप्न मिल्ने समय पनि थियो त्यो समय पनि बितायौँ। संविधान अनुसार थप्न मिल्ने ६ महिना थपेर साढे ५ वर्ष कार्यकाल बनाइयो। १८ गते वडाको महाधिवेशन सुरू गर्ने गरी मिति तय गरिएको छ। तर, क्रियाशीलको टुंगो नलगाी भोट कसले हाल्ने? चुनाव कसरी हुने?' उनको भनाइ थियो। 

प्रकाशित: Aug 25, 2021| 16:17 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...