शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • झलनाथ खनालको हस्ताक्षर सनाखत गर्न रस्साकस्सी, एकजना केन्द्रीय सदस्य सम्पर्कविहीन

झलनाथ खनालको हस्ताक्षर सनाखत गर्न रस्साकस्सी, एकजना केन्द्रीय सदस्य सम्पर्कविहीन

सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने अडानबाट निर्वाचन आयोग पछि हटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) को पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने अडानबाट निर्वाचन आयोग पछि हटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) को पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ। 

भारतको नयाँदिल्लीमा उपचाररत नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासबाट मञ्जुरीनामा पठाए पनि त्यसलाई नमान्ने अडान राखिरहेको आयोगले अन्ततः मञ्जुरीनामालाई स्वीकार गर्दै उनको हस्ताक्षर प्रमाणीकरण गरिदिएको छ।

खनालको हस्ताक्षर प्रमाणीकरणसँगै माधव नेपाल समूहमा नेकपा एमालेका २०३ मध्ये ५५ केन्द्रीय सदस्य औपचारिक रुपमा खुलेका छन्। एमाले परित्याग गरेर माधव समूहमा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन।

सुरुमा नै माधव समूहबाट आयोगलाई हस्ताक्षर बुझाएका केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा पुगेनन्। उनी सम्पर्कविहीन रहेको बताइएको छ।

प्रकाशित: Aug 25, 2021| 13:52 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...