शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालको नयाँ पार्टीका लागि ५४ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत

नेपालको नयाँ पार्टीका लागि ५४ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत

नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमाले छोडेर गएका ५४ जना केन्द्रीय सदस्यले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गराएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमाले छोडेर गएका ५४ जना केन्द्रीय सदस्यले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गराएका छन्। 

पार्टी दर्ताका लागि आवेदन दिएको समयमा ५८ जनाको सूची बुझाइएकोमा आज ५४ जनाले आयोग कार्यालय पुगेर हस्ताक्षर सनाखत गराएका हुन्। ४ जनाबाहेक अरु सबैको हस्ताक्षर प्रमाणीकरण भएको आयोगले जनाएको छ।

आयोगमा बुझाएको सूचीमा हस्ताक्षर गरेका मध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले आयोगमा अनुपस्थित भएका छन्। 

झलनाथ खनाल नयाँ दिल्लीमा रहेकाले उपस्थित हुन सकेनन्। उनले दूतावासमार्फत सनाखत गराए। सोमप्रसाद पाण्डे पाण्डेको पनि सनाखत नभएको बताइएको छ।

नेकपा एमाले त्यागेर नेकपा एकीकृत (समाजवादी) दल गठनका लागि आवेदन दिएका नेताहरू दुई दिनदेखि चन्द्रागिरी डाँडामा रहेको रिसोर्टमा बसेका थिए। उनीहरु आज रिसोर्टबाट टुरिस्ट बस चढेर सिधै निर्वाचन आयोग पुगेका थिए। आफूपक्षीय केन्द्रीय सदस्य र सांसदहरूलाई बोकेर नेता नेपाल सोमबार साँझ चन्द्रागिरि रिसोर्ट पुगेका थिए। 

प्रकाशित: Aug 25, 2021| 13:20 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...