शुक्रबार, भदौ ५, २०८३

झलनाथले दूतावासमार्फत गरे नयाँ पार्टीको पक्षमा सनाखत

झलनाथले दूतावासमार्फत गरे पार्टीको पक्षमा सनाखत
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एकीकृत (समाजवादी) का नेता झलनाथ खनालले भारतबाट पार्टीको पक्षमा सनाखत गरेका छन्। भारतको नयाँदिल्लीमा उपचाररत खनालले नेपाली दूतावासमार्फत नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका हुन्।

दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको बताइएको छ। काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरू उनको सनाखत लिएर आयोग पुगेका थिए। नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार आयोगमै पुगेर दूतावासका कर्मचारीले झलनाथ खनालको सनाखतबारे जानकारी दिएका हुन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्र र मतदाता परिचयपत्र तथा सांसदलाई संसद् सचिवालयको परिचयपत्रलाई आधार बनाइने बताएका थिए। उनले व्यक्ति स्वयं उपस्थित हुनुपर्ने पनि बताएका थिए।

प्रकाशित: Aug 25, 2021| 13:15 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...