शुक्रबार, भदौ ५, २०८३

माधव नेपालले घरघरबाट सांसद अपहरण गरे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई घरघरमा गएर अपहरण गरेको आरोप लगाएका छन्। उनले भने, ‘सांसदहरूलाई बलजफ्ती अपहरण गरी तीन दिनदेखि थुनेर राखिएको छ।’
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई घरघरमा गएर अपहरण गरेको आरोप लगाएका छन्। उनले भने, ‘सांसदहरूलाई बलजफ्ती अपहरण गरी तीन दिनदेखि थुनेर राखिएको छ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीन दिनदेखि मान्छे थुनेर रखिएको छ। त्यो पनि वरिपरि होइन पर टाकुरामा लगेर राखिएको छ।’ उनले नेपाल समूहको यस्तो कार्यलाई ज्यादतीपूर्ण भनेका छन्। ओलीले भने,   ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो। यो काम लोकतान्त्रिक होइन।’

‘मान्छेलाई घेराबन्दीमा पारियो। बाध्य पारियो। ललाई फकाई गुलिया वचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाइयो’, ओलीले भने, ‘सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै है। थुनिएकै हो। चाहे जेसुकैमा हो। यस्तो खाले काम भएको छ।’ एमालेबाट अलग भएका माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको छ। सोमबारदेखि सो पार्टीको बैठक काठमाडौंको चन्द्रागिरि हिल्समा बसेको थियो। सो दलका नेताहरू बुधबार दल दर्ता प्रक्रियाको सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।

प्रकाशित: Aug 25, 2021| 13:12 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...