काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन्।
पार्टीले आयोजना गरेको विशेषा पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले निर्विकल्प केही नरहेकाले उचित समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताए।
‘केहीले एउटा समूह गयो अब ओली निर्विकल्प भनेर साँघुरो सोच राखिराख्नु भएको छ। निर्विकल्प केही हुँदैन। आगामी निर्वाचनसम्म म निर्विकल्प हो। अरु विकल्पमा आउँदैनन् भन्ने होइन,’ उनले भने।