शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले एउटा व्यक्तिका लागि कानुन मिच्यो, सभामुखले संसदीय मर्यादा भुले : ओली

सरकारले एउटा व्यक्तिका लागि कानुन मिच्यो, सभामुखले संसदीय मर्यादा भुले : ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मान्छेका लागि सरकारले कानुन मिचेको आरोप लगाएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मान्छेका लागि सरकारले कानुन मिचेको आरोप लगाएका छन्। एमाले फुटाउन माधवकुमार नेपाललाई सजिलो होस् भनेरै सरकारले अध्यादेश ल्याएको उनले बताए। 

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तोकेको संख्या पुर्‍याएर पार्टी फोड्न सक्ने अधिकार जोसुकैसँग भएको भए पनि सरकारले भने एउटा मान्छेका लागि कानुन मिचेको बताए। कमजोर प्रतिपक्ष बनाउन देउवाले गलत खेल खेलेको उनले बताए।

‘पुरानो लोकतान्त्रिक पार्टीले यस्तो किन गरिरहेको छ? देउवाले एउटा प्रधानमन्त्री पदको लागि किन अलोकतान्त्रिक क्रियाकलाप गरिरहनु भएको छ?’ उनले भने।

ओली सभामुखमाथि पनि खनिए। एमाले विभाजन रोक्न आफूले १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाए नि सभामुख अग्नि सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे। 

‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौं, तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन्,’ उनले भने।  

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ।  एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो । सभामुख सापकोटाले पक्षधरताको राजनीति गर्नु दुखद र खेदजनक रहेको ओलीको भनाइ छ । 

प्रकाशित: Aug 25, 2021| 12:56 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...