शुक्रबार, भदौ ५, २०८३

६९ वर्षको उमेरमा नयाँ पार्टी खोले माधव नेपालले

माधवकुमार नेपालले ६९ वर्षको उमेरमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन्। आफू वरिष्ठ नेता रहेको नेकपा (एमाले) फुटाएर नेपालले नयाँ पार्टी खोलेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतभेद भएपछि एमाले फुटेको हो।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– माधवकुमार नेपालले ६९ वर्षको उमेरमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन्। आफू वरिष्ठ नेता रहेको नेकपा (एमाले) फुटाएर नेपालले नयाँ पार्टी खोलेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतभेद भएपछि एमाले फुटेको हो।

एमाले फुटाउनका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याइदिएको थियो। संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याएकै दिन नेपालले नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।  

माधव नेपाल अध्यक्ष रहेको प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टी आज औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता हुँदैछ। 

पार्टी दर्ताका लागि प्राप्त निवेदनमा उल्लेख भएका केन्द्रीय सदस्य तथा सांसदहरुलाई आयोगले सनाखतका लागि आज बोलाएको थियो। 

यी तिनै माधव नेपाल हुन्, जसले कुनै समय नेकपा (एमाले) को १५ वर्ष नेतृत्व गरेका थिए। झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भएका छन्। 

एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका नेपाल आजदेखि नेकपा एकीकृत (समाजवादी) पार्टीको अध्यक्ष बन्दैछन्। एमाले बनाउन विगतमा उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन् । 

त्यसैगरी पछिल्लो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको पनि नेपाललाई साथसहयोग छ। 

ओलीसँग मतभेद भएपछि नेपाललाई साथ दिएका अमृतकुमार बोहोरा, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य, गोकर्ण विष्टले भने अन्तिम समयमा नेपाललाई ‘धोका’ दिएका छन्। नेपालले नयाँ पार्टी दर्ता गर्ने बेलामा उनीहरु एमालेमै फर्केका छन्। 

प्रकाशित: Aug 25, 2021| 12:27 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...