शुक्रबार, भदौ ५, २०८३

परमादेशको सरकारले राजनीतिक विकृति भित्र्यायो : एमाले

प्रतिपक्षी दल नेकपा एमालेले सरकारले देशमा राजनीतिक विकृति भित्र्याएको टिप्पणी गरेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले सरकारले देशमा राजनीतिक विकृति भित्र्याएको टिप्पणी गरेको छ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनादेशको अवमूल्यन गर्दै परमादेशको सरकारले राजनीतिमा विकृति भित्र्याएको बताएका हुन्।

दल विभाजनसम्बन्धी अध्यादेश र भूमिहिन आयोग खारेज त्यसैको उदाहरण भएको उनले तर्क गरे। सरकार जनमैत्री काम गर्नुपर्नेमा मुलुकमा अस्थिरता सिर्जना गर्न उद्दत रहेको एमालेको आरोप छ।

‘जयसिंह धामी बेपत्ता प्रकरणको लाचारीपन  र अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन देखिएको गैरजिम्मेवारपनले सरकारको तानाशाही चरित्र उदांगो भएको छ,’ ज्ञवालीले भने।

प्रकाशित: Aug 25, 2021| 12:17 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...