शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाललाई पार्टीमा फर्किन एमालेको आग्रह, नेपाल नयाँ पार्टी दर्ताको सनाखत गर्दै

माधव नेपाललाई पार्टीमा फर्किन एमालेको आग्रह, नेपाल नयाँ पार्टी दर्ताको सनाखत गर्दै

नेकपा एमालेले पार्टी फुटाएर नयाँ दल दर्ताको प्रक्रियामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई एमालेमै फर्किन पुनः आग्रह गरेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेकपा एमालेले पार्टी फुटाएर नयाँ दल दर्ताको प्रक्रियामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई एमालेमै फर्किन पुनः आग्रह गरेको छ।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत भइरहेकै बेला एमालेले पत्रकार सम्मेलन आयोजना गरिरहेको छ। पत्रकार सम्मेलनमा एमाले नेता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजाने बताए।

मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै ज्ञवालीले केही व्यक्तिको उग्र चरित्रका कारण पार्टी विभाजनको मोडमा पुगेको प्रतिक्रिया दिए।

पार्टीको मूल धारमा फर्किन स्थायी कमिटीले नेताहरुलाई आग्रह गरेको उनले सुनाए। नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको र अब पार्टी त्यसैमा केन्द्रित हुने ज्ञवालीको प्रस्टोक्ति थियो। 

‘१० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्न पार्टीका सबै तह र पदाधिकारी सबै निकायलाई जेठ २ कै अवस्थामा फर्काउने निर्णय भएको छ,’ उनले बताए।

प्रकाशित: Aug 25, 2021| 12:12 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...