मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोग परिसरमा जगन्नाथ खतिवडाले भने, पहिलो ट्रेन छुट्यो, दोस्रो ट्रेनमा उहाँहरू आउनुहुनेछ

निर्वाचन आयोग परिसरमा जगन्नाथ खतिवडाले भने, पहिलो ट्रेन छुट्यो, दोस्रो ट्रेनमा उहाँहरू आउनुहुनेछ

एमाले विभाजन भई नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले दल दर्ता प्रक्रियामा साथ नदिएका एमाले नेताहरूप्रति कुनै गुनासो नरहेको बताएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– एमाले विभाजन भई नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले दल दर्ता प्रक्रियामा साथ नदिएका एमाले नेताहरूप्रति कुनै गुनासो नरहेको बताएका छन्।

भीम रावल, सुरेन्द्र पाण्डे लगायतका १० नेताले सुरुमा माधवकुमार नेपाललाई साथ दिँदै आएका थिए। तर नेपालले निर्वाच्न आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएपछि उनीहरूले साथ छोडेर एमाले अध्यक्ष केपी ओलीले डाकेको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए।  सनाखतका लागि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भने, ‘उहाँहरुले हामीलाई साथ दिनु भएन हामीलाई दुःख छ लागेको छ तर गुनासो छैन।’ 

उनले त्यो प्रवृत्ति अस्थायी रहेकाले आफूहरूतिरै फर्कने बताए। खतिवडाले भने, ‘उहाँहरू फर्किहाल्नुहुन्छ, हामीलाई विश्वास छ। उहाँहरु भुलभुलैमा लाग्नुभयो। उहाँहरु केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिमा अड्नै सक्नुहुन्न। आएमा पूर्वाग्रह राखिने छैन। पहिलो ट्रेन छुट्यो, दोस्रो ट्रेनमा उहाँहरू आउनुहुनेछ।’

उनले आफूहरूले उच्च नैतिकता र मनोबलका साथ नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढाएको बताए। उनले भने, ‘त्यसैले जे अभियान थाल्यौं, त्यसलाई अघि बढाउने अठोट गरेका हौं।’ नयाँ दल दर्ताका लागि आयोगमा प्रक्रिया सुरु भइसकेपछि ओलीले नाटक मञ्चन गर्न थालेको उनको भनाइ छ। उनले भने, ‘यो भ्रममात्र हो। उहाँहरु धोकेबाज हो।’

प्रकाशित: Aug 25, 2021| 12:05 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...