काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले फुट्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। एमालेले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा नेता भट्टराईले माधवकुमार नेपालले पार्टी फुटाउनु दूर्भाग्यपूर्ण कुरा भएको बताएका हुन्।
पार्टी एकताका लागि १० सदस्यीय कार्यदल बनाएर १० बुँदे प्रस्ताव गरेकोमा नेता नेपालले लत्याएको उनको आरोप छ।
‘डेढ महिना समय लगाएर आन्तरिक समस्या समाधानका लागि १० बुँदे प्रस्ताव तयार पारेका थियौं। तर, नेता नेपालले बेवास्ता गर्दै पार्टी बिभाजन गर्नुभयो। यो दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने।