शुक्रबार, भदौ ५, २०८३

जिल्ला सभापतिको रिले अनसनमा पौडेल पक्षका सबै नेताको समर्थन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको रिले अनसनलाई ऐक्यवद्धता जनाउने निर्णय गरेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको रिले अनसनलाई ऐक्यवद्धता जनाउने निर्णय गरेको छ। बुधबार बिहान नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको पौडेल समूहले जिल्ला सभापतिहरुको मागमा समर्थन जनाउने निर्णय गरेको हो। 

जिल्ला सभापतिहरूले मंगलबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने आजबाट रिले अनसन सुरु गर्दैछन्। उक्त अनसनलाई समर्थन जनाउने पौडेल पक्षका सबै नेता सानेपा पुग्ने भएका छन्।

‘जिल्ला सभापतिको मागमा ऐक्यवद्धता जनाउने निर्णय भएको छ। आज दिउँसो रिले अनसनलाई समर्थन जनाउन सबै नेताहरु सानेपा जाँदैछौं,’ बैठकमा सहभागी एक नेताले जानकारी दिए। जिल्ला सभापतिहरुले  क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेर अनसन सुरु गरेका छन्।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत सहभागी थिए।

प्रकाशित: Aug 25, 2021| 11:45 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...